मस्र्याङ्दीमा ‘शैक्षिक सुधार अभियान’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मस्र्याङ्दीमा ‘शैक्षिक सुधार अभियान’


९ बैशाख २०७५, आइतबार


लमजुङ । मस्र्याङ्दी गाउँपालिका अन्तर्गतका विद्यालयमा शैक्षिक सुधार अभियान शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका अन्तर्गतका विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेकाले टिच फर नेपाल (टिएफएन)को सहकार्यमा शैक्षिक सुधारका लागि २५ बुँदे घोषणापत्र तयार गरी अघि बढेको बताए।

टिएफएनले पहिलो चरणमा आठ माध्यमिक विद्यालयमा दुई दुई स्वयंसेवक शिक्षक (फेलो) पठाएको छ । अंग्रेजी, गणित र विज्ञान विषयका तालीमप्राप्त १६ शिक्षक विद्यालयमा पुगिसकेका छन् । विद्यालय तहको शिक्षामा देखिएको असमानता बढ्दै गएपछि टिएफएनले उक्त अभियानको परिकल्पना गरेको संस्थाले जनाएको छ ।

टिएफएनले यस वर्ष लमजुङसहित दाङ र पर्साका ५१ विद्यालयमा अभियान सञ्चालन गरेको जनाएको संस्थाका प्रशासन तथा लजिपष्टक प्रमुख लोचन पौडेलले जानकारीदिए । तेत्तीस फेलोबाट शुरू भएको अभियानमार्फत अहिले एक सय ११ युवा स्वयम्सेवी शिक्षक अध्यापनरत छन् । स्वयम्सेवक शिक्षकको ५० प्रतिशत तलब संस्थाले दिनेछ भने बाँकी ५० प्रतिशतको ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत सम्बन्धित विद्यालयले दिनेछन् । रासस

प्रतिक्रिया दिनुहोस