ओलीले अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजे–देउवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलीले अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजे–देउवा


८ बैशाख २०७५, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन् ।

काठमाडौँ जिल्ला कार्यसमितिद्धारा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप आरोप लगाए ।

“अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा काँग्रेस एकजुट भएर लाग्नुपर्छ,”– उनले भने । उनले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । पार्टीभित्र देखिएको छाडातन्त्रबाट काँग्रेस चल्न नसक्ने उनको भनाइ थियो ।

पार्टीभित्रको अन्र्तर्घातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै आगामी दिनमा पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस