आँखा बन्द गर्छु म सपनीमा आउँछौ ।
किन हो आजकाल यसरी सताउँछौ ।
बन्द गरिदिउँ भने मुटुको धड्कन
यादसँग सँगै तिमि श्वास पठाउँछौ।
न पाउन सक्छु न गुमाउन मन छ
न जीवनको कुनै पाटोमा अटाउँछौ ।
के जवाफ दिउँ खै दुनियालाई मैले
नजरबाट नजर कहिले हटाउँछौ ।
गाह्रो भो गाह्रो भो मलाई झन गाह्रो भो
म मरु? या भन तिमि माया घटाउँछौ।