यस्तो बन्दै छ ओलीको टिम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्तो बन्दै छ ओलीको टिम


प्रशासन विशेष ब्युरो

८ बैशाख २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी अध्ययनरअनुसन्धान गर्दै नीतिगत सुझाब दिने शक्तिशाली अध्ययन÷अनुसन्धान संस्था थिंकट्यांक गठनको गृहकार्य अघि बढाएका छन् । यस्तो निकायले अमेरिका, भारतलगायतका मुलुकमा जस्तै सरकारलाई सुझाब दिनेछ ।

थिंकट्यांक गठनका लागि ओलीले एक महिनाअघि विभिन्न क्षेत्रका एक दर्जन विज्ञसँग परामर्शसमेत गरिसकेका छन् । प्रारम्भिक गृहकार्य सकिएपछि थिंकट्यांक गठनका लागि ऐनको मस्यौदा बनाउने प्रधानमन्त्री ओलीको योजना छ ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म तीन सल्लाहकार मात्र नियुक्त गरेका छन् । एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाल मुख्य सल्लाहकार छन् । प्रधानमन्त्रीसँग समन्वय गर्दै अन्य सल्लाहकारलाई पनि निर्देशन दिने काम रिमालले नै गर्छन् । त्यस्तै, प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा पूर्वसांसद अच्युत मैनाली नियुक्त गरिएका छन् ।

स्वकीय सचिवालयको नेतृत्व राजेश बज्राचार्यले सम्हालेका छन् । उनी लामो समयदेखि ओलीको सचिवालयमा थिए । उनलाई सहयोग गर्ने गरी झापाका दीपेन्द्र दाहाल उपस्वकीय सचिवको जिम्मेवारीमा छन् ।

सरकारमा २२ मन्त्री भए पनि सरकार सञ्चालनबारे प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटासँग परामर्श गर्छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस