नसुतेको रात ल्याएर आए मैनाली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नसुतेको रात ल्याएर आए मैनाली


७ बैशाख २०७५, शुक्रबार


काठमाडौं । गजलकार डा. प्रदीप मैनालीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रहलाई लोकार्पण गरेको हुन् ।

८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति तथा समसामयिक विषय समेटिएका छन् । कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए । गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो ।

मैनालीले दुई वर्षअघि वैशाखमै पहिलो गजलसङ्ग्रह ‘तुलसीको पात’ बजारमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस