अन्तराष्ट्रिय उडान बन्द, १२ बजेपछि खुल्न सक्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्तराष्ट्रिय उडान बन्द, १२ बजेपछि खुल्न सक्ने


७ बैशाख २०७५, शुक्रबार


काठमाडौं । विमान चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेपछि संचालनमा आउने सक्ने जनाइएको छ ।

मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान राति पौने १० बजे धावनमार्ग छाडेर करिब १ सय ५० फिट चौरतर्फ जोतिएपछि अन्तराष्ट्रिय उडान बन्द भएको थियो ।

विमानस्थल स्रोतका अनुशार जहाज हटाउने प्रयास जारी रहेको र शुक्रबार(आज)दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

चालक दलका सदस्यसहित १ सय ३९ जना यात्रु बोकेको जहाज कोटेश्वरतर्फको धावनमार्गमा चिप्लिएको थियो ।

प्रतिक्रिया दिनुहोस