काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले संघको विधानको संशोधन प्रस्ताव हुबहु पारित गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रदान गरेको सल्लाहकार समितमार्फत बनाइएको विधानको तेस्रो संशोधनको मस्यौदा हुबहु पारित गरिएको हो ।
संशोधित विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनुमोदन गरेपछि आईसीसीमा पठाइनेछ ।
साधारणसभामा पर्यवेक्षकका रुपमा आईसीसी प्रतिनिधि अमर शेखको पनि उपस्थिति रहेको थियो ।