यातायात समितिले धमाधम पैसा निकाल्न थाले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यातायात समितिले धमाधम पैसा निकाल्न थाले


प्रशासन विशेष ब्युरो

६ बैशाख २०७५, बिहिबार


काठमाडौं । व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरिरहेका समितिले धमाधम खाताबाट पैसा निकाल्न थालेका छन्

सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब ३ करोड निकालिसकेका छन् । सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्था–समितिले विनाकारण एकैपटक त्यति ठूलो परिमाणमा पैसा निकाल्न पाउँदैनन् । तर, यातायात व्यवसायी समितिले मुद्दती खाताबाट करोडौँ पैसा निकाल्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस