भनसुनको भरमा नचल्न कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भनसुनको भरमा नचल्न कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन


४ बैशाख २०७५, मंगलबार


कर्मचारी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई भनसुनको भरमा नचल्न निर्देशन दिएका छन् ।

मंगलबार ललितपुरमा आयोजित नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै मन्त्री पण्डितले उक्त निर्देशन दिएका हुन् । उनले कर्मचारीहरुलाई राष्ट्र निर्माणमा समर्पित भएर लाग्न समेत आग्रह गरेका छन् ।

लोकसेवा पास गरेर आएका निजामती कर्मचारीहरुले भ्रष्टाचार नगर्नेमा आफु विश्वस्त रहेको मन्त्री पण्डितले बताए । उनले देशको सेवा गर्ने कसम खाएर आएका निजामती सेवाका कर्मचारीहरुले भनसुनको भरमा चल्न नहुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस