कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ७ गते बस्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ७ गते बस्ने


३ बैशाख २०७५, सोमबार


काठमाडौं । वि.सं. २०७४ चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ ।

बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस