कांग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला


२ बैशाख २०७५, आइतबार


इनरुवा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताएका छन् ।

कांग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताए । उनले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताए ।

उनले कांग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न कांग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताए । नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा कांग्रेस कमजोर नभएको बताए । रासस

प्रतिक्रिया दिनुहोस