सिरियामा भएको आक्रमणलाई इरानद्वारा “अपराध”को संज्ञा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिरियामा भएको आक्रमणलाई इरानद्वारा “अपराध”को संज्ञा


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७५, शनिबार


तेहरान, रासस/सिन्ह्वा । इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिनुभएको छ ।

“म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनीले भन्नुभयो ।

आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताउनुभएको उहाँको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस