नवनियुक्त प्रहरी महानिरीक्षक खनालद्वारा परिणाम मुखी अनुसन्धान गर्न निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवनियुक्त प्रहरी महानिरीक्षक खनालद्वारा परिणाम मुखी अनुसन्धान गर्न निर्देशन


२९ चैत्र २०७४, बिहिबार


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोह बीच सम्बोधन गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले उपलव्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै नागरिकप्रति जवाफदेही रही दृढ संकल्पका साथ अपराधहरुको बैज्ञानिक तथा परिणामुखी अनुसन्धान गर्न निर्देशन दिए ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकको साथी प्रहरी बन्नुपर्ने उनले बताए । आपराधिक क्रियाकलापमा संलग्नलाई कानून बमोजिम कारवाही गर्न कुनै कसर बाँकी नराखी समाजको अपेक्षा अनुरुप प्रहरी सेवा प्रवाह गर्न समेत उनले निर्देशन दिएका छन् ।

खनालले प्रहरी संगठन भित्रका आन्तरिक सुदृढिकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको बृत्ति बिकास तथा सेवा सुविधा आफ्नो प्राथमिकताको बिषय रहेको बताउँदै प्रहरीको मनोवल उच्च राख्न सदैव दृढ भएर लाग्ने बताए । उनले पेशागत आचारण विपरित कार्य गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई कारवाही गरिने समेत बताए ।

लामो इतिहास बोकेको प्रहरी संगठनमा अग्रजहरुले गरेका राम्रा कामको अनुशरण गर्दै संगठनको छविलाई अझ उच्च बनाउँदै लैजानुका साथै कर्मचारीहरु बीच आत्मीयता तथा भाईचाराको बिकास गर्ने समेत उनले बताए ।

नवनियुक्त प्रहरी महानिरीक्षक खनालले गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा दज्र्यानी चिन्ह प्राप्त गरेपश्चात बिहीबार नै आफ्नो कार्यकक्षमा पदबहाली गरेका थिए ।

प्रतिक्रिया दिनुहोस