नेपालमा अबैधानिक काम, तस्करी बर्जित हुने : प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा अबैधानिक काम, तस्करी बर्जित हुने : प्रधानमन्त्री ओली


२६ चैत्र २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताएका छन् ।

सुनचाँदी व्यावशायी महासँघको पाँचौ साधारणसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको हितको पक्षमा छिमेकीसँग कुरा गर्न मात्र होइन त्यसलाई सदर गराउन पनि सकिने बताए । प्रधानमन्त्री ओलीले सरकार रोजगारी सृजना गर्ने, उत्पादन बढाउने, जनताको आर्थिक स्तर उकास्ने कार्यमा लागेको बताए ।

प्रधानमन्त्री ओलीले सरकार व्यावशायीको सुरक्षामा गम्भिर रहेको बताए । उहाँले व्यावशायी मात्र हैन हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने बताए ।

प्रधानमन्त्री ओलीले अबको नेपालमा अबैधानिक काम, तस्करी जस्ता कुराहरु बर्जित हुने बताए ।

प्रधानमन्त्री ओलीले व्यावशायीहरुलाई हरेक व्यावशाय नक्कली होइन सक्कली ढंगले गर्न आग्रह गरे । नाफामुखी मात्र भन्दा पनि हरेक उपभोक्ताको हितलाई ध्यान दिएर काम गर्न प्रधानमन्त्री ओलीले व्यावशायीसँग आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस