एकलाख घुससहित शिक्षाका इन्जिनियर र सव–इन्जिनियर पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकलाख घुससहित शिक्षाका इन्जिनियर र सव–इन्जिनियर पक्राउ


प्रशासन विशेष ब्युरो

२५ चैत्र २०७४, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगको कार्यालय पोखरा, काश्कीबाट खटिइ गएको टोलीले जिल्ला शिक्षा कार्यालय, काश्कीमा करारमा कार्यरत इन्जिनियर छविन्द्र विक्रम खाँण र सव–इन्जिनियर प्रदीपकुमार वानियाँलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९, चिप्लेढुंगा स्थित डेलिसियस फास्टफुड एण्ड मःम रेष्टुरेण्ट पृथ्वीचोकबाट एक लाख नगद घुस वापतको रकम लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

मादी गाँउपालिका वडा नं.८ स्थित श्री प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभुत विद्यालयको भवन निर्माण सम्पन्न पश्चात अन्तिम विल भुक्तानी लिने क्रममा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा खटिएको टोलीले रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस