गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


म आफ्नो छुईन, कसैको इजाजतमा छु
म कोमल गुलाबको, अहिले संगतमा छु

मैले घरजम गरेको थाहा नहुनेलाई
लाग्दो हो म कुनै, खतरनाक कुलतमा छु

प्रेमिका बन्नलाई मेरी, भर्खरै आयौ तिमी
म पहिल्यै कसैको, पुरै हिरासतमा छु

यी बृद्ध बा आमालाई, सुख दिन नसकेनी
कम्तीमा दुख नदिउँ, भन्ने कसरतमा छु

 

प्रतिक्रिया दिनुहोस