१७ जना सहसचिवको सरुवा, को कहाँ ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१७ जना सहसचिवको सरुवा, को कहाँ ?


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


काठमाडौं । नेपाल सरकारले ३० जना सचिवसँगै १७ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सामान्य प्रशासन मन्त्रालयका बलराम रिजाललाई रक्षा मन्त्रालयमा, सूचना विभागका महानिर्देशक वीरबहादुर राईलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव बालकृष्ण घिमिरेलाई सञ्चार मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका रामेश्वर दंगाल र कृषि मन्त्रालयका काशीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यसैगरी, ठूला करदाता कार्यालय ललितपुरका गंगाराम गेलाल र भन्सार विभागका जगदीश रेग्मीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ भने सहसचिव जयनारायण आचार्यलाई संघीय मामिला, यज्ञराज कोइरालालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौं महानगरपालिकाका धनीराम शर्मालाई र महिला मन्त्रालयका तोयम रायलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, कम्पनी रजिस्ट्रार कार्यालयकी गीता हुमागार्इंलाई सूचना आयोग, अख्तियारका यदुप्रसाद पन्थीलाई नेपाल ट्रस्टको कार्यालय, सूचना आयोगका ध्रुवहरि अर्याललाई उद्योग मन्त्रालय र आपूर्ति विभागका कुमार दाहाललाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस