‘अन्तराष्ट्रिय एकल नाटक महोत्सव’ भव्य रुपमा सम्पन्न् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘अन्तराष्ट्रिय एकल नाटक महोत्सव’ भव्य रुपमा सम्पन्न्


२३ चैत्र २०७४, शुक्रबार


कठमाडौं । सर्वनाम थिएटरले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तराष्ट्रिय एकल नाटक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । चैत १९ गतेदेखि सुरु भएको महोत्सवको अन्तीम दिन ३ ओटा नाटक प्रदर्शन गरिएको थियो । नेपालको एउटा र हङकङको दुई ओटा नाटकहरु मञ्चन भएका थिए ।

बिरेन्द्र हमालद्वारा निर्देशित नेपाली नाटक देउकासीको मञ्चन गरिएको छ । पुरु लम्सालको लेखन रहेको उक्त ४० मिनेटको नाटकमा सुशिला थापाले अभिनय गरेकी थिइन् । ६५ वर्षीय अविवाहित महिलाको कथालाई नाटकमा देखाईएको थियो ।

दुई नाटकहरु हङकङको तर्फबाट प्रदर्शन गरिएको थियो । ‘सीटी फ्लेस’ र ‘फिप्टी ईअर्स रिमेनिङ अनचेन्ज्ड’को प्रदर्शन गरिएको थियो । ‘सीटी फ्लेस’मा हङकङकी ईदि लम फुन हिउको लेखन निर्देशन, तथा अभिनय रहेको थियो । करीब ३० मिनेटको नाटकमा एउटी केटी शहरमा ठाउँ खोज्दै जाँदा कुनै पनि ठाउँ उसले नपाएको कथालाई नाटकमा उतारिएको छ ।

अर्को नाटक ‘फिप्टी ईअर्स रिमेनिङ अनचेन्ज्ड’मा मक चिउ युले प्रस्तुत गरेका थिए । उनकै लेखन, निर्देशन तथा अभिनय रहेको नाटकमा मकले दर्शकहरुलाई मज्जाले हँसाउन सफल भएका थिए ।
कार्यक्रममा बोल्दै लण्डनबाट नाटक मञ्चनका लागि आएका निर्देशक माईकल उडउडले एस महोत्सवले सम्पूर्ण देशहरुलाई एकैठाउँमा भेला गराएको र नेपाललाई नजिकबाट चिन्न सहयोग गरेको बताए । उनले यति ठूलो अवसर दिएकोमा अशेष मल्ल र सर्वनाम परिवार धन्यवाद ज्ञापन गरेका छन् । महोत्सवमा सहभागी सबै स्वदेशी तथा विदेसी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । भारतीय रंगकर्मी अजित दासले सर्वनामबाट आफुले पाएको प्रमाणपत्र कागज मात्र नभई भावना भरिएको भन्दै मञ्चमै भावविहल भएका थिए ।

महोत्सवको समापन गर्दै सर्वनाम थिएटरकी प्रबन्ध निर्देशक डा. सावित्री कक्षपतीले सर्वनामले शुन्य बजेटमा पनि अन्तराष्ट्रिय स्तरको महोत्सवको आयोजना गर्न सफल भएकोमा सम्पूर्ण रंगकर्मी तथा स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस