महेन्द्रनगरको दोस्रो जित, चौथो हारसँगै रुपन्देही च्यालर्स प्रतियोगिताबाट बाहिरियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महेन्द्रनगरको दोस्रो जित, चौथो हारसँगै रुपन्देही च्यालर्स प्रतियोगिताबाट बाहिरियो


२२ चैत्र २०७४, बिहिबार


धनगढी । महेन्द्रनगर युनाइटेडले रुपेन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ मा दोस्रो जित हात पार्न सफल भएको छ । दोस्रो जितसँगै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चार खेलमा पराजित रुपन्देही च्यालर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

रुपेन्देहीले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले १९।४ ओभरमा ६ विकेट गुमाई भेटाएको थियो । महेन्द्रनगरका कप्तान विनोद भण्डारीले ६१ रनको अर्धशतकीय पारी खेलेका थिए । ४८ बलको सामना गरेका विनोदले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, महेन्द्रनगरको पारीमा पुनित विष्टले ४५ रनको योगदान दिए । २२ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए । रुपेन्देहीका दीपेश श्रेष्ठले ३ तथा सुसान भारीले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको रुपेन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । प्रदीप ऐरीले सर्वाधिक ३९ रनको पारी खेलेका थिए । सो क्रममा उनले १ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै, सागर पुनले २८, दीपक प्रसादले १७, कुशल मल्लले १५ रन बनाय भनउ अन्य कुनै पनि खेलाडील दोहोरो अंक जोड्न सकेनन् । महेन्द्रनगरका पुनित विष्टले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १२ रन खर्चे ।

प्रतिक्रिया दिनुहोस