एमाले–माओवादी एकता प्रक्रिया : वैशाख ९ मा घोषणा गर्न सुझाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले–माओवादी एकता प्रक्रिया : वैशाख ९ मा घोषणा गर्न सुझाव


२० चैत्र २०७४, मंगलबार


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको दुबै समितिले आफ्नो प्रतिवेदन बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठकमा वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुझाव दिँदै प्रतिवेदन बुझाइएको छ ।

समितिले प्रतिवेदन बुझाए पनि यसबारे निर्णय भने पार्टी एकता संयोजन समितिको चैत २२ गते बस्ने बैठकबाट हुने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहोस