लालबाबुलाई ट्रेड यूनियनको पत्र, स्वैच्छिक अवकास योजनामा विचार पुर्याउनुस् ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लालबाबुलाई ट्रेड यूनियनको पत्र, स्वैच्छिक अवकास योजनामा विचार पुर्याउनुस् !


प्रशासन विशेष ब्युरो

१९ चैत्र २०७४, सोमबार


काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनले एकजना मन्त्रीका नाममा ध्यानाकर्षण पत्र काटेको छ ।

यूनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितबाट स्वैच्छिक अवकास योजनाका सन्दर्भमा आइरहेका विवादास्पद अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अवकाश योजनामा सहभागिता जनाउने कर्मचारीहरुको नामावली प्रकाशित गर्ने म्याद गुज्रिसकेको तर्फ बिचार पुर्याउन अनुरोध गर्दै पत्र काटेको हो ।

स्वैच्छिक अवकाशका लागि निवेदन दिए पश्चात् कर्मचारीले अवकाश प्रक्रियाबाट फिर्ता हुन पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ बुँदा २ को २(१) लाई स्मरण गराउँदै आधिकारीक ट्रेड यूनियका अध्यक्ष पुण्यप्रसाद ढकाल तथा महासचिव सुवोधकुमार देवकोटाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ –संसदबाट पारित गरी सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भई सार्वजनिक भइसकेको स्मरण गराइन्छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

प्रतिक्रिया दिनुहोस