काठमाडौं महानगरपालिका महत्वपूर्ण स्थानमा फ्रि वाइफाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौं महानगरपालिका महत्वपूर्ण स्थानमा फ्रि वाइफाइ


१८ चैत्र २०७४, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा उपलब्ध गराउने भएको छ।

हनुमानढोका, पशुपति, स्वयम्भु, बौद्ध, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गरिने र त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ ।

सम्झौताअनुशार २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान हुने छ ।

वल्र्डलिङ्क कम्युनिकेसन र काठमाडौ महानगर विच निःशुल्क वाइफाईको सम्झौता भएको हो।

नगरपालीकाको तर्फवाट प्रमूख प्रशासकीय अधिकृत धनिराम शर्मा र वर्डलिङ्क कम्युनिकेसनका निर्देशक विजय कुमार जलानले करारमा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस