म्यानचेस्टर सिटी उपाधि नजिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

म्यानचेस्टर सिटी उपाधि नजिक


१८ चैत्र २०७४, आइतबार


म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको निकै नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले हराएको म्यानचेस्टर सिटीले अब आउँदो हप्ता हुने एक खेल जितेमा उपाधि पक्का गर्ने छ ।

आउँदो हप्ता शनिबार हुने खेलमा चीरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउन सकेमा सिटीले उपाधि पक्का गर्ने छ । म्यानचेस्टर डर्बी सिटीको उपाधिका लागि महत्वपूर्ण हुनेछ ।

शनिबार राति भएको खेलमा एभर्टनलाई हराउने क्रममा सिटीका लागि लिरोय साने, गाब्रिएल जिसस र रहिम स्ट्रलिङले गोल गरे । एभर्टनका लागि बोलासिइले एक गोल फर्काए ।

सिटीले तीनै गोल पहिलो हाफमा गरेको हो । सानेले चौथो, जिससले १२ तथा स्ट्रलिङले ३७ औँ मिनेटमा गोल गरेका हुन् । एभर्टनका लागि बोलासिइले ६३ औँ मिनेटमा एक गोल फकार्एका हुन् ।

जितपछि उपाधि नजिक पुगेको सिटीको सात खेल बाँकी हुँदा ८४ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६८ अंक रहेको छ । राति नै भएको खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले हराएको तेस्रो स्थानको लिभरपुलको ३२ खेलबाट ६६ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस