प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु


१८ चैत्र २०७४, आइतबार


पोखरा । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आजदेखि ढोरपाटन र आसपासका क्षेत्रको प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु भएको छ ।

ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चारदिने भ्रमणको आयोजना गरिएको हो । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वमा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मासहित पर्यटन सम्बद्ध संस्थाका क्रियाशील पर्यटन व्यवसायी र सञ्चारकर्मीको तीस सदस्यीय टोलीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बिदाइ गरे ।

बिदाइ कार्यक्रममा मन्त्री लम्सालले प्रदेश नं ४ को समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउँदै सरोकारवालासँगको सहकार्यमा यसको विकास अघि बढाइने बताए । पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि त्यसको पहिचान अपरिहार्य भएकामा उनको जोड थियो ।
भ्रमणका क्रममा उक्त क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवालाबीच अन्तरक्रिया गरिने नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

कार्यक्रम संयोजक कुलचन्द्र शर्माका अनुसार अध्ययन भ्रमण सकेर भ्रमण टोली २१ गते पोखरा फर्कनेछ । रासस

प्रतिक्रिया दिनुहोस