गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


अचेल आत्मनिर्भरको खुब प्रचार हेरिन्छ
अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ

यहाँ अवसरको बिज्ञापन देखावटी मात्र हो
कि आफ्नो मान्छे हेरिन्छ कि अनुहार हेरिन्छ

यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी
न तिम्रो सत्यता हेरिन्छ न चोखो प्यार हेरिन्छ

हल्ला गर्दै मिठो तबरले यो सरकार बनेको छ
अब जोडतोडले के कति हुन्छ सुधार हेरिन्छ

महलमा बस्नेहरु पो युरोप अमेरिका पुग्छ्न
तपाईं हामी त कुवेत, दुबइ कतार हेरिन्छ

प्रतिक्रिया दिनुहोस