गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


देउन कृष्ण जोर मुरली मैले बजाउँछु,
हेरन त्यहाँ हेरेको भो ! भो ! लजाउँछु ।

न झिम्क्याउनु परेली पस्छु आँखा भित्र,
त्यतै बसि मनभरिका सपना सजाउँछु ।

फूल चुम्ने खेल खेलूला ओठ जुधाएर,
मैले जिते सधै–सधै इसारामा नचाउँछु ।

बनचरिले डाह गरी मनचरिलाई भनिन्,
आउ प्रिया मैले पनि जून तारा खसाउँछु ।

धड्कनमा काउकुती लाग्यो कि त काले,
अल्ली कति रिसाए झै खित्की हसाउँछु ।

प्रतिक्रिया दिनुहोस