प्रतिवेदन सच्याउन ईयूलाई प्रधानमन्त्रीको चेतावनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिवेदन सच्याउन ईयूलाई प्रधानमन्त्रीको चेतावनी


११ चैत्र २०७४, आइतबार


may1 prime minister

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले यूरोपियन यूनियन (ईयू) लाई आफ्नो प्रतिवेदन सच्याउन चेतावनी दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन्।

‘ईयूले आफ्नो प्रतिवेदन सच्याउला भन्ने लागेको थियो। तर झन् जिद्दीपन देखायो,’ प्रधानमन्त्री ओलीले भने, ‘म एउटा सार्वभौम देशको प्रधानमन्त्रीको नाताले भन्छु त्यो प्रतिवेदन सच्याउनु पर्छ ।’

(ईयू) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाल र नेपालीलाई हेपेको र ‘अन्डरमाइन्ड’ गरेको महसुस भएको समेत वताएका छन् ।

देशको ८० प्रतिशत नागरिकले गरेको मतदानमा कसैले प्रश्न गर्न नहुने बताउँदै नेपाली जनताको लोकतन्त्रप्रतिको सजकतामाथि प्रश्न उठाउने ठाउँ नभएको वताए ।

उनले पर्यवेक्षणको नाममा नेपालीहरुले हासिल गरेका उपलब्धीहरु र सामाजिक प्रबन्धहरुलाई अन्डरमाइन्ड हुने काम कहि कतैबाट हुन नहुने स्पष्ट पारे। ‘पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिलाई हामीले फिर्ता पठाएका थियौं त्यसैको प्रतिशोध लिने काम ईयूबाट भएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस