प्रदेश सरकारलाई छैनन् गाडी, सिंहदरबारमै थन्किए अर्बौंका सवारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश सरकारलाई छैनन् गाडी, सिंहदरबारमै थन्किए अर्बौंका सवारी


प्रशासन विशेष ब्युरो

११ चैत्र २०७४, आइतबार


काठमाडौं । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासिनक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन्। सरकारले सामान्य रुपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बों मुल्यका गाडी प्रतिदिन थन्किँदै गएका हुन्।

सिंहदबारभित्र विभिन्न मन्त्रालयनजिक तथा ग्यारेजमा गरी तीन सयभन्दा बढी गाडी बिग्रिएपछि अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको छलफल कार्यक्रममा सबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नु परेका मुख्य समस्यामा गाडीको समस्यासमेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए।

प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सयौ गाडी मर्मत गरेर पठाउनेबारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन्।

गृह मन्त्रालयका अनुसार गृहमा महँगो र बहुमूल्य मानिएको ७ वटा मर्सिडिज वेञ्जकार नै अलपत्र अवस्थामा राखिएको छ । यो गाडीको सुरुको मूल्य हाल २ करोडभन्दा बढी छ । त्यसैगरी, गृहका २० वडा गाडी बिग्रिएर अलपत्र छन् ।

गृहका अनुसार परराष्ट्र मन्त्रालयका ५० भन्दा बढी महँगा कार नारायणहिटी दरबारभित्र त्यसै थन्क्याएर राखिएको छ भने सिंहदरबारभित्र वन तथा वातावरण, जलस्रोत ऊर्जा तथा सिँचाइ, कृषि विकास, भौतिक मन्त्रालय, अन्य विभिन्न आयोग तथा नियोग र संसद् सचिवालयको नाममा रहेका सयौं गाडीसमेत त्यत्तिकै अलपत्र अवस्थामा राखिँदै आइएको छ । यसैगरी, महँगा खालका मित्सुबिसी, टोयटा, कोरोलाजस्ता सयौँ गाडी सिंहदरबारभित्र बेवारिस छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस