गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७४, शनिबार


मेवा रोपेँ घरबारीमा, बढ्नै नदीई काटिदिए ।
जो बँचेको अँध्यारोमा फेदैसम्म भाँचिदिए ।

कित्ता देखाई भन्नुहुन्थ्यो बाजे लहै खण्डित नगर
त्यही जमिन फित्ता लगाई, टुक्रा–टुक्रा बाँडिदिएँ ।

थोत्रै सही चुच्चे झण्डा, धूरीमाथि सजाएथें
अलिकति उध्रिएथ्यो, औंलो हाली च्यातिदिए ।

जसलाई साँचो सुम्पी आफू मुग्लानतिर भासिएथें
उनैले पो बेइमानीको पराकाष्ठा नाघिदिए ।

मन्दिरमा लस्कर लागि कोही बस्थे मुखुण्डोमा
‘प्रसाद’ बाँड्नेलाई तिनले नराम्ररी भाँडिदिए ।

प्रतिक्रिया दिनुहोस