प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर


९ चैत्र २०७४, शुक्रबार


उदयपुर । जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ ।

प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर गएका र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हालसम्म कार्यालय प्रशासन प्रमुखविहीन बन्न पुगेपकाले प्रशासकीय अधिकृत कुमार खड्काले निमित्त प्रजिअको कार्यभार सम्भाल्दै आएा छन् ।

प्रजिअ तथा सहायकप्र्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० विभिन्न प्रकारका सार्वजनिक मुद्दा अनिर्णित भएर रहेको कार्यालयले जनाएको छ ।
कर्मचारी भन्छन्, ‘प्रशासनमा उजुरी आइरहेका छन्, आफूहरुलाई निर्णय गर्ने अधिकार छैन, जनताले दुःख पाएका छन् ।’

निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन दिने नयाँ सरकारले घोषणा गरेपनि जिल्लामा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्था गर्न नसकेकामा नेकपा माओवादी केन्द्रका नेत्री तथा पूर्वसांसद मणि खम्बूले चिन्ता व्यक्त गरिन् ।

प्रमुख प्रशासक नहुँदा आफूले गर्न मिल्ने जति कार्य सक्दो गरेपनि मुख्य केही कार्य गर्न अधिकार नभएकाले समस्या परेको निमित्त प्रजिअको कार्यभार सम्हालेको प्रशासकीय अधिकृत खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस