रुस्लान प्रिमियर लिग–२ः रुपेन्देही च्यालेन्जर्सले लगायो दुई विदेशी खेलाडीको टुंगो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुस्लान प्रिमियर लिग–२ः रुपेन्देही च्यालेन्जर्सले लगायो दुई विदेशी खेलाडीको टुंगो


८ चैत्र २०७४, बिहिबार


काठमाडौं । आगामी चैत्र १७ गतेदेखि धनगढीमा रुस्लान धनगढी प्रिमियर लिग–२ मा प्रतिस्पर्धा गर्नेमध्ये रुपेन्देही च्यालेन्जर्सले दुई जना विदेशी खेलाडीको टुंगो लगाएको छ ।

शक्ति गौचन रणनैतिक खेलाडी रहेको रुपेन्देही च्यालेन्जर्सले एसोसियट राष्ट्र ओमानका सुफायन मोहम्मद तथा क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका दीपक प्रसादसँग अनुबन्ध गरेको छ ।

ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुफायन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन् । २६ वर्षिय सुफायन पार्ट टाइम बलिङ समेत गर्ने गर्दछन् । यस्तै दीपकले बीसीसीआईको प्रतियोगितामा बंगाल–११ तथा बंगाल यू–२३ टोलीबाट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस