आफ्नै गाडी भएको पकेटमार श्रीमानलाई छुटाउन श्रीमतीको ३ लाख दिने अफर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आफ्नै गाडी भएको पकेटमार श्रीमानलाई छुटाउन श्रीमतीको ३ लाख दिने अफर


८ चैत्र २०७४, बिहिबार


काठमाडौं । कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको एउटा बसमा पाकेटमार विवेक लामालाई प्रहरीले पक्राउ गर्यो । उनी बसमा यात्रा गरिरहेका यात्रु सरोज कार्कीको पकेट मारीरहेको अवस्थामा रंगेहात पक्राउ परे । उनलाई कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी टोलिले लामालाई साँझ ७ बजे सिनामंगलबाट रंगेहात पक्राउ गरेको थियो ।

पक्राउ परेको केही समयपछि लामाकी श्रीमतीले श्रीमान पक्राउ परेको जानकारी पाइन् र प्रहरीलाई तीन लाख घुस खुवाएर पतिलाई छुटाउने धाउन्नमा लागिन् ।

उनकी पत्नी शर्मिला तामाङले त्यसपछि गौशालामा कार्यरत एक प्रहरी जवानलाई सम्पर्क गरेर विवेकलाई छोडिदिए ३ लाख २४ हजार रुपैयाँ दिने बताइन्। शर्मिलाले सम्पर्क गरेका पुलिसले पनि उनको प्रस्ताव स्वीकारे । उनीहरुबीच राति पौने १२ बजे गौशालामा पैसा दिने सहमति जुट्यो ।

त्यसरी घुस दिने भन्दै प्रहरीलाई प्रलोभनमा पार्न खोजेको आरोपमा उनकी श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी प्ररिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

शर्मिलालाई प्रहरीले पशुपतिको वनकाली क्षेत्रबाट राति पौने १२ बजे पक्राउ गरेको हो ।

प्रहरीलाई पैसा दिएर श्रीमान छुटाउने र पछि प्रहरीलाई नै फसाउने उनको योजना रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पकेटमार लामाको आफ्नै गाडी समेत रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस