विषय विवेचनाः श्रृंखला ८ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विषय विवेचनाः श्रृंखला ८


८ चैत्र २०७४, बिहिबार


ठूला आयोजनाको व्यवस्थापन

विकास व्यवस्थापनभित्रका आयोजनाको कमजोर अवस्था

  • आयोजना वा परियोजनाको परिभाषा अनुकूल व्यवहार नहुनु
  • उच्च प्राथमिकता र राष्ट्रिय गौरवका आयोजना भनिएपनि तयारी एवं छनौट विधिमा खासै सुधार हुन सकेन
  • विकासको धारिलो हतियारका रुपमा लिइने परियोजना व्यवस्थापन क्षमता कमजोर रहनु
  • योजना वनाउने, कार्यान्वयन गर्ने, नियन्त्रण गर्ने र सम्पन्न गर्ने कृयाकलापवीच पर्याप्त तादात्म्यता नहुनु
  • ठूलो स्रोत छुट्याइनु तर आशातित खर्च नहुनु
  • आयोजनालाई सवै पक्षले दोहनको माध्यम वनाउनु
  • आयोजना व्यवस्थापकमा हुनुपर्ने क्षमता विकास र प्रयोगमा कमै चासो
  • कमजोर अनुगमन तथा मूल्यांकन पद्धति

प्रमुख सवालहरु

  • प्रोजेक्ट वैंक
  • छुट्टै कानून र संरचना
  • जनशक्ति व्यवस्थापन
  • सूचना तथा तथ्यांकलाई स्वचालित र व्यवस्थित गर्ने विषय
  • असफलरसफल आयोजनाबाट सिक्ने विषय
  • खरिद व्यवस्थापनरकरार व्यवस्थापनरठेक्का व्यवस्थापन
  • जग्गा प्राप्ति सम्वन्धी व्यवस्था
  • क्षमता Vs. जिम्मेवारी
  • दाताका प्राथमिकता Vs.राष्ट्रिय प्राथमिकता

प्रभावकारी आयोजना व्यवस्थापनका केही उपायहरु

  • अध्ययनको नतिजाका आधारमा छनौट सम्वन्धी निर्णय निर्माण/Evidence based decision making
  • प्राथमिकताका आयोजनारराष्ट्रिय गौरवका आयोजना छनौटका स्पष्ट मापदण्डको तयारी र प्रयोग
  • आयोजनाको विशिष्ट आवश्यकता र व्यवस्थापनलाई हेर्नेगरी केन्द्रीय आयोजना प्राधिकरणको प्रयोग
  • सूचना तथा तथ्यांकको संकलन, प्रशोधन, प्रवाह र प्रयोगलाई आधुनिक र सुदृढ वनाउने
  • लचकदार योजना तर कार्ययोजनाअनुसार जवाफदेहिता किटान
  • विकासका प्राथमिकता र विकास आयोजना चयनका आधारहरु प्रष्ट वनाउने
  • परियोजना प्रस्ताव तयारी सम्वन्धमा क्षमता विकास
  • परियोजनाको पहिचान सम्वन्धमा राष्ट्रिय परिसूचकहरु (National Parameters) तयार पारी प्रयोगमा ल्याउने ।
  • विकास साझेदार संलग्न हुने आयोजनामा समेत राष्ट्रिय प्रणालीको अधिकतम प्रयोग एवं गुणात्मकता कायम गर्ने शर्तहरुको परिपालना
  • परियोजनाहरुवीच अन्तरसम्वन्ध र Synergy को संभावनाको खोजी र प्रयोग
  • सार्वजनिक क्षेत्रलाई मात्र नभै निजी क्षेत्रलाई समेत विकासका कृयाकलापमा जिम्मेवार र जवाफदेही वनाउने संयन्त्रको प्रयोग
  • प्राप्त नतिजाको सम्वन्धमा पृष्ठपोषणरसमीक्षा मार्फत सकरात्मक सुधारको पहल गर्ने
  • अपेक्षा र नतिजाको सन्दर्भमा सवल पक्ष र अवसरको वढोत्तरी गर्ने उपायहरुको अवलम्वन गर्ने
  • नैतिकता, इमान्दारिता, समयसंस्कृति, असल कार्यसंस्कृति, सुशासनका आधारभूत पक्षलाई विशेष ध्यान दिने ।

Tags :
प्रतिक्रिया दिनुहोस