पठाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने: मन्त्री पण्डित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पठाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने: मन्त्री पण्डित


७ चैत्र २०७४, बुधबार


कर्मचारी

मोरङ । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले पठाएको ठाउँमा नगए कारबाही हुने बताएका छन् ।

मोरङको सुन्दर हरैचा नगरपालिकामा आज भएको वाम गठबन्धनका कार्यकर्तासँगको भेटमा मन्त्री पण्डितले सरकारले तोकेको ठाउँमा नगए कर्मचारीमाथि कारबाही हुने बताएका हुन् । उनले भने, ‘सरकारी तलब खाएपछि जहाँ पठायो त्यहीँ, जानुपर्छ नत्र कारबाहीको भागिदार बन्नुपर्छ ।’

संक्रमणकालीन अवस्थामा तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको उनको धारणा थियो । रासस

प्रतिक्रिया दिनुहोस