बालिकालाई सामुहिक बलत्कार गर्ने थप एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालिकालाई सामुहिक बलत्कार गर्ने थप एक जना पक्राउ


७ चैत्र २०७४, बुधबार


काठमाडौं । गत १७ फागुनदेखि १३ दिनसम्म बन्धक बनाएर बौद्धिक अपाङ्ग बालिकालाई बलात्कार गर्ने समूहका थप एक जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदिप बजगाईं रहेका छन् ।

गत १७ गतेदेखि १३ दिनसम्म चक्रपथ क्षेत्रमा चल्ने दुई वटा सार्वजनिक बसका चालक र सह–चालकले एक १५ वर्षीय किशोरीलाई पटक पटक बलात्कार गरेका थिए ।

घटनामा संलगन भोला तामाङ, चन्द्र सापकोटा, सन्तोष घिमिरे र दिवस गड्तौडालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस