प्रधानमन्त्रीको निर्णयले २० हजार मेघावाटका आयोजना अन्योलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको निर्णयले २० हजार मेघावाटका आयोजना अन्योलमा


प्रशासन विशेष ब्युरो

७ चैत्र २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयका कारण २० हजार मेघावाटका आयोजना अन्योलमा परेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले गरेको निर्णयका कारण २० हजार २ सय ९४ मेघावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्यौलमा परेको हो।

गत फागुन २५ मा बसेको बैठकले ५ सय वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबै आयोजनाहरु अन्योलमा परेका छन्।

अन्योलमा परेका आयोजना र क्षमता (मेघावाटमा)

कर्णाली चिसापानी – १०८००
वेतन कर्णाली – ६८८
बूढीगण्डकी – १२००
सुनकोशी दोस्रो – १११०
सुनकोशी तेस्रो – ५३६
उत्तरगंगा – ८२८
तमोर – १२१०
दूधकोशी – ८००
अपर अरुण – ७००
मनाङ चामे – १७७२
तामाकोशी तेस्रो – ६५०

आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस