विदाको दिन अनुमति विना सरकारी गाडी प्रयोग नगर्न गृहको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विदाको दिन अनुमति विना सरकारी गाडी प्रयोग नगर्न गृहको निर्देशन


५ चैत्र २०७४, सोमबार


काठमाडौं । गृह मन्त्रालयद्वारा सार्वजनिक विदाको दिन अनुमति विना सरकारी गाडी प्रयोग नगर्न निर्देशन दिएको छ ।

सरकारी गाडी दुरुपयोग भएको धेरै गुनासो आएको भन्दै मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै अनुमति नलिइ विदाको दिन गाडी नचलाउन आग्रह गरेको हो ।

विदाको दिन सरकारी गाडी चलाउनुपरेमा चलाउनुको कारण, प्रयोग गर्ने व्यक्तिको नाम, पद र सम्पर्क नम्बर उल्लेख गरेर पास बनाउन गृहले विज्ञप्तिमार्फत आग्रह गरेको छ । प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा सरकारी गाडीमा रातो नम्बर प्लेट (निजी गाडीको जस्तो) राखिएको भए तत्काल सरकारी नम्बर प्लेट राख्न पनि आग्रह गरिएको छ ।

सरकारी सवारी साधन दुरुपयोग भएको पाइए ०१ ४२११२१४ र ०१ ४२११२०८ मा टेलिफोनमार्फत उजुरी गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस