पुटिनको मत ७६.६७ प्रतिशत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुटिनको मत ७६.६७ प्रतिशत


५ चैत्र २०७४, सोमबार


मस्को । रुसको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गरेका छन् ।

आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी अत्यधिक बहुमतका साथ पुनः निर्वाचित भएका समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँको निर्वाचनको मतमध्ये ९९.८ प्रतिशत गणना गरिसक्दा पुटिनले मात्र ७६.६७ प्रतिशत मत हात पारेका हुन् ।

यो उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो । उनका प्रतिद्वन्द्वीले १२ प्रतिशतमात्र मत प्राप्त गरेका छन् ।

आइतबार सम्पन्न मतदानमा ६७ प्रतिशत मत खसेको थियो । यस मतसंख्यालाई पनि कममात्र मत खसेको भनी टिप्पणी गरिएको छ ।

उता विपक्षीहरुले भने उनको यो मत प्रतिशतलाई अस्वाभाविक भनी टिप्पणी गरेका छन् । उनीहरुले यस मतप्रतिशतलाई राष्ट्रपतिले स्वच्छ निर्वाचनका माध्यमबाट प्राप्त नगरेको बताएका छन् ।

पुटिनले रुसलाई करिब दुई दशकदेखि नेतृत्व प्रदानगर्दै आएका छन् । यो उनको चौथो कार्यकाल हो । उनले रुसलाई आगामी छ वर्ष नेतृत्व प्रदान गर्ने छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस