देउवाको निकुञ्ज भ्रमण ,बाघ हेर्न अर्कोपटक  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउवाको निकुञ्ज भ्रमण ,बाघ हेर्न अर्कोपटक 


५ चैत्र २०७४, सोमबार


चितवन । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्कोपटक आउने गरी बिदाइ भएका छन् ।

नेपाली काँग्रेसका सभापति समेत रहनुभएका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किएका थिए ।

निकुञ्ज घुमाउन सँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उनले अहिले बाघ देखिएन अर्कोपटक आउने बताए।

ढुंगानाले भने, ‘पूर्व प्रधानमन्त्री देउवाले गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताए ।

वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले संरक्षणकर्मीलाई निकुञ्ज संरक्षणमा ध्यान दिन आग्रह गरे ।

उनीसँगै सांसदहरु, काँग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा रहेका थिए । बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज छिरेका देउवा १०ः३० बजेमात्रै फर्किए ।

प्रतिक्रिया दिनुहोस