प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता


१ चैत्र २०७४, बिहिबार


काठमाडौं । मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटमा नेकपा (एमाले) र केन्द्रबाट थप गरिने मन्त्रीका विषयमा छलफल भएको थियो । सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरमलाई समेट्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो । हालसम्म दुई चरणमा मन्त्रिमण्डल विस्तार भए पनि पूर्णता पाएको छैन ।

यही चैत २ मा हुने उपसभामुखको निर्वाचनका विषयमा पनि उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाईंले जानकारी दिए । वाम गठबन्धनबीच एमालेले उपसभामुख पद लिने यसअघि समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस