लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


३० फाल्गुन २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बङ्गलाको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले दुर्घटनाग्रस्त भयो ?

– वि.सं. २०७४ फागुन २८ (सन् २०१८ मार्च १२)

– चालकदलसहित ७१ ज्ना यात्रु सवार विमान दुर्घटना हुँदा २२ नेपालीसहित ५० जनाभन्दा बढीको ज्यान गएको । ज्यान गुमाउने नेपालीमा केही बङ्गलादेशमा एमबीबीएस गर्दै आएका र केही ट्राभल एजेन्सीका सञ्चालक तथा कर्मचारी रहेको बताइएको । मृत्यु हुने अन्य नागरिकमा २५ बङ्गलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका रहेका छन् ।
– मन्त्रिपरिषद्को २०७४ फागुन २८ मा बसेको बैठकले विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको ।

२. साहित्यार इन्द्रबहादुर राईको निधन कहिले भएको हो ?

– वि.सं. २०७४ फागुन २२

– नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने सिद्धहस्त स्रष्टा राईको ९१ वर्षको उमेरमा फागुन २२ मा दार्जीलिङमा निधन भएको ।
– बैरागी काइला, ईश्वर बल्लभ र राई मिलेर तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान प्रारम्भ गरेका ।
– आज रमिता छ, विपना कतिपय, कठपुलतीको मन, कथास्थालगायतका उपन्यास/कथा कृतिसँगै आयामेली र लिला लेखनको खोज राईको सिर्जनासँग जोडिएका परिचय हुन् ।
– राईको लेखन शक्तिले नेपालका नेपाली भाषी समुदाय र भारतीय नेपालीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुगेको ।

३. ‘जबतिमी माथि–माथि उड्न थाल्छौं, त्यतिखेर मान्छेले तिमीलाई ढुङ्गाले हिर्काउने छन् तर, तिमी तल नहेरी अझै माथि–माथि उड, जसले गर्दा ती ढुङ्गा तिमीसम्म पुग्न सक्ने छैनन् ।’ भन्ने विचारक को हुन् ?

– चेतन भगत, भारतीय लेखक

४. विश्व र्कीर्तिमान कायम गर्ने उद्देश्यका साथ लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाद्वारा एकै दिनमा एकै स्थानमा एक जार पाँच सय पिन्ट रगत सङ्कलन कहिले गरियो ?
– वि.संं. २०७४ फागुन २४

(टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वैच्छिकरुपमा रक्तदान गरेका । यसअघि भारतमा करिब ९०० पिन्ट रगत सङ्कलन गरिएको भए पनि विश्व र्कीर्तिमानका लागि दावी नगरिएको आयोजकले जनाएका ।)

५. ‘प्रोक्सिमा बी’ के हो ?

– पछिल्लो समयमा वैज्ञानिकहरुद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दाजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह

(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

६. नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाह हुन् भने पहिलो महिला सचिव को हुन् ?

– चन्द्रकला किरण

७. दुःख र विपत् जीवनका यस्ता दुई पाहुना हुन्, जो बिनानिमन्त्रण टुप्लुक्किन्छन् । भन्ने विचारक को हुन् ?

– वाल्मीकि

८. गहना सङ्ग्रहालय कहाँ स्थापना गर्न थालिएको छ ?

– भद्रकाली (काठमाडौं)

(भद्रकाली मन्दिर परिसरको अर्ध गोलाकार भवनमा गहना सङ्ग्रहालय स्थापना गर्न थालिएको ।)

९. संयुक्त राष्ट्रसङ्घको महासभा हरेक वर्ष कुन दिन सुरु हुने प्रावधान छ ?

– सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार (डिसेम्बर मध्यसम्म सञ्चालन हुने।)

१०. बायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा सञ्चालन गरिएको हो ?

– तनहुँ

विषयगत प्रश्नोत्तर

१. श्रम ऐन, २०७४ ले लिएको उद्देश्यहरु के–के हुन् ? लेख्नुहोस् ।

श्रम ऐन, २०७४ ले लिएको उद्देश्यहरु निम्न छन्ः
– श्रमिकको हकहित तथा सुविधाको व्यवस्था गर्नु,
– श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्टष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्नु,
– श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्नु ।

२. व्यवस्थापिकाले गर्ने कुनै पाँचवटा कार्यरु लेख्नुहोस् ।

राज्यको कानुन बनाउने सर्वोच्च निकाय व्यवस्थापिका हो, यसले गर्ने कुनै पाँचवटा कार्यलाई निम्नानुसार उल्लेख गर्नसकिन्छः
१. विधेयक पारित गर्ने, संविधान संशोधन गर्ने, ऐन संशोधन गर्ने, ऐन खारेज गर्नेजस्ता कार्य गरी कानुन निर्माण गर्ने,
२. बजेटमा दफावार छलफल गर्ने, पारित गर्ने, करका दर तोक्ने, खर्च नियन्त्रण गर्नेजस्ता कार्य गरी बजेट पारित गर्ने,
३. सरकारको निर्माण गर्ने, संसदमा सरकारका कार्यबारे प्रश्न सोधेर, ध्यानाकर्षण प्रस्ताव राखेर, आलोचना गरेर, अविश्वासको प्रस्ताव राखेर सरकारको गठन तथा नियन्त्रण गर्ने,
४. कार्यपालिका र सो अन्तर्गतको निकायलाई नियन्त्रण र निर्देशन गर्ने, संविधानअनुसार माहाअभियोग लगाउने कार्य गर्ने, संसद्मा निर्णयका लागि पेस गरिएका विषयमा मतदान गर्ने, संसदीय सुनुवाइको कार्य गर्ने,
५. बाधा अड्काउ फुकाउने आदेशको अनुमोदन गर्ने, सङ्कटकालको अनुमोदन गर्ने, अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अनुमोदन गर्ने ।

३. कार्यलयमा पत्रव्यवहार भनेको के हो ? लेख्नुहोस् ।

एउटा कार्यालयले अर्को कार्यालयलाई लिखितरुपमा विवरण एवम् सन्देश पठाउने कार्यलाई कार्यालयमा पत्रव्यवहार भनिन्छ । यो सञ्चारको एक औपचारिक साधन हो । यो एउटा कार्यालय र अर्को कार्यालय बीच सम्पर्क स्थापना गर्ने सरल एवम् प्रचलित माध्यम पनि हो । आज पत्रव्यवहार विद्युतीय माध्यमबाट पनि हुने गर्दछ । पत्रव्यवहार सरल भाषामा स्पष्ट सन्देश प्रवाह गर्ने र पूर्ण हुनुपर्छ । पत्रव्यवहारलाई प्रयोगका आधारमा सरकारी पत्र, व्यावसायिक पत्र, दरखास्त पत्र, व्यक्तिगत पत्र एवम् गैरसरकारी पत्रमा विभाजन गर्न सकिन्छ । प्राथमिकताका आधारमा यसलाई साधारण पत्र, जरुरी पत्र, अति जरुरी पत्र र तुरुन्त पत्रमा वर्गीकरण गर्नसकिन्छ । त्यसैगरी पत्रव्यवहारलाई गोप्यताका आधारमा अतिगोप्य र गोप्य गरी विभाजन गर्न पनि सकिन्छ ।

                                                               साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस