राष्ट्रपति निर्वाचनको मतगणना सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति निर्वाचनको मतगणना सुरु


२९ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको राष्ट्रपति चयनका लागि भएको मतदान ४ बाजेबाट मतगणना सुरु भएको छ । संघीय संसद नयाँ वानेश्वरमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भइरहेको छ ।

घीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार १० बजेदेखि मतदान जारी मतदान अपराह्न ३ सम्पन्न भएको थियो । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा)का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएकोमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस