राष्ट्रपति चयनका लागि मतदान सकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति चयनका लागि मतदान सकियो


२९ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको राष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा १० बजेदेखि मतदान सुरु अपराह्न ३ सम्पन्न भएको छ ।

मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् । गणतन्त्र नेपालले डा. रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा)का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएकोमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस