सर्वोच्चका ६ न्यायाधीशद्वारा प्रधानन्यायाधीशले तोकेको इजलास ‘बहिस्कार’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चका ६ न्यायाधीशद्वारा प्रधानन्यायाधीशले तोकेको इजलास ‘बहिस्कार’


२९ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । सर्वोच्च अदालतका ६ न्यायाधीशले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले तोकेको इजलासमा बस्न अस्वीकार गरेका छन् ।

पराजुलीले मंगलबार तोकेका दैनिक पेशीमा न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद प्याकुरेल, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् ।

कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ ।

सर्वोच्च प्रशासनले इजलास ८ र ९ को बेञ्च नबसेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस