२० वर्ष पुराना सार्वजनिक सवारी चैत १ बाट गुडाए जफत गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२० वर्ष पुराना सार्वजनिक सवारी चैत १ बाट गुडाए जफत गरिने


२९ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । चैत १ (बिहीबार) बाट २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई सडकमा गुड्न रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागले सरकारले पुराना सार्वजनिक सवारी हटाउने निर्णय गरेकोमा उक्त निर्णयको पालना गर्दै नियम उलंघन गर्ने देशैभरका सवारी साधनलाई जफत गरिने जनाएको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराइका अनुसार निर्देशन पालना नगर्ने व्यवसायीलाई पनि कारवाही गरिने छ । उनले सरकारको पुराना सार्वजनिक सवारी हटाउने निर्णय जसरी पनि कार्यान्वयन गरिने बताए ।

उनले अब विभागले २० वर्ष पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने सबै किसिमका सवारी करहरु समेत नबुझिने भट्टराईले जानकारी दिए । इलेक्ट्रिक र ग्यास टेम्पो र माइक्रोको हकमा भने यो प्रतिबन्ध लागू नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस