राष्ट्रियसभा अध्यक्षमा एमालेका तिमल्सिनाको उम्मेदवारी दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा अध्यक्षमा एमालेका तिमल्सिनाको उम्मेदवारी दर्ता


२८ फाल्गुन २०७४, सोमबार


काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका नेता गणेश तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले बैठकले उनको नाम सिफारिस गरेको थियो थियो ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने कुनै तयारी नगरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस