तीन मुक्तक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन मुक्तक


२६ फाल्गुन २०७४, शनिबार


१.
नजरका ती यादहरुलाई वार लगाई दिन्छु
पीडा मात्रै भो जिन्दगी पार लगाई दिन्छु
म बिनानै हासि खुसी हुन सक्छौँ भने
पर्ख सानू खुकुरीमा धार लगाई दिन्छु

२.
कति सक्छेस खर्च गर्न लगानीले भन्दै थियो
वालन पन हराएछ जवानीले भन्दै थियो
सम्झि सम्झि रोए पनि हुनेवाला केही छैन
छाड रुन भिजेको त्यो सिरानीले भन्दै थियो

३.
बा भन्नुहुन्छ छोराले कछाड फेरेर खानुपर्छ
छोरो भन्छ सधैँ ! मलाई बोत्तल हेरेर खानुपर्छ
बाबू छोरा बिच नै यहाँ द्वन्द मच्चिएपछि
भ्रष्टाचारी भन्दैन त ? जनता सेरेर खानुपर्छ

प्रतिक्रिया दिनुहोस