गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


२६ फाल्गुन २०७४, शनिबार


नयाँ पालुवा आउँदा वसन्तसँगै ।।
कोईलीले गीत गाउँदा वसन्तसँगै ।।

आउँछ फागु पूर्णिमा रंगको पर्व ।
तन मनमा उमंग छाउँदा वसन्तसँगै ।।

दल्दै छर्दै रंग आपसमा मिलेर ।
दंग सबै खुशी पाउँदा वसन्तसँगै ।।

अंगालोमा कस्न न्यानो माया ।
घर–घर बस्ती धाउँदा बसंन्तसँगै ।।

दिन आउँछन् गरिवका खुशी हुने ।
जाडो र चिसो हराउँदा बसन्तसँगै ।।

मानव मर्यादाकै पर्व लाग्छ यो ।
क्षणिक विभेद हटाउँदा बसन्तसँगै ।।

लाग्छ फागु जस्तो होउन पर्व सबै ।
एकै थलोमा सबै रमाउँदा बसन्तसँगै ।।

प्रतिक्रिया दिनुहोस