सभामुखमा महराको उम्मेदवारी दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुखमा महराको उम्मेदवारी दर्ता


२५ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् ।

महराको प्रस्तावकमा नेकपा एमालेका नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ छन् ।

उम्मेदवारी दर्ता गर्दा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

पार्टी अध्यक्ष दाहाल निवासमा शुक्रबार बिहान बसेको माओवादीको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस