महिनावारी स्वच्छतामा जिम्मेवार बनाउन पुरुषलाई प्याड ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महिनावारी स्वच्छतामा जिम्मेवार बनाउन पुरुषलाई प्याड !


प्रशासन विशेष ब्युरो

२४ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । यहाँस्थित एक कार्यक्रमका सहभागी पुरुषहरुलाई महिलाले महिनावारीमा लगाउने प्याड वितरण गरिएको छ ।

एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा आज यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’ का सहभागीहरुलाई महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा अझै जिम्मेवार बनाउन महिलाले महिनावारीमा लगाउने प्याड वितरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिँसा गर्नु नभएको बताएका छन् ।

पूर्वप्रधानन्यायाधिश श्रेष्ठले भने “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौंँ तर महिलामाथि हुने हिंसा घटेको छैन ।”

नेपाल वातावरण पत्रकार समूह, फ्रिडम फोरम नेपाललगायत बीसभन्दा बढी संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीदढोका हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस